+
+

रास्वपामा १ लाख ४० हजार पार्टी सदस्य

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १३:५३

२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको २६ महिनामा पार्टी सदस्य एक लाख ४० हजार पुगेको जनाएको छ ।

मंगलबार सुरु भएको राष्ट्रिय भेलामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदनमा सबैभन्दा बढी बागमती र सबैभन्दा कम कर्णालीमा सदस्य संख्या रहेको उल्लेख छ ।

रास्वपाको प्रतिवेदन अनुसार बागमतीमा ४१ हजार ३३४, कोशीमा २२ हजार ८५६, मधेसमा ११ हजार ४३३, गण्डकीमा १९ हजार २०३, लुम्बिनीमा २३ हजार ३०३, सुदूरपश्चिममा १६ हजार ६७७ र कर्णालीमा ५ हजार ३८६ सदस्य छन् ।

रास्वपाले यो अवधिमा संघीय निर्वाचन क्षेत्रका १६५ मध्ये १४८ क्षेत्रमा बनाएको कार्यबाहक महामन्त्री बुर्लाकोटीले प्रतिवेदनमा लेखेका छन् ।

पालिका अनुसार कोशीका १३६ पालिकामध्ये ६९, मधेसका १३६ मा ४६ पालिका, बागमतीमा ११९ पालिकामा ९३ मा, गण्डकीका ८५ पालिकामा ४२, लुम्बिनीका १०९ पालिकामध्ये ७६ र सुदूरपश्चिममा ८८ मा ५२ पालिकामा संगठन बनेको प्रतिवेदनमा लेखिएको छ ।

बुर्लाकोटीले २०८२ वैशाखमा प्रथम महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् । यस वर्षको चैतमा जिल्लासँगै त्यस मातहतमा रहेका संरचनामा अधिवेशन गर्ने र अर्को वर्षको पहिलो महिना (वैशाखमा) प्रदेश र केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बुर्लाकोटीले प्रस्ताव गरेका छन् ।

हिजोदेखि सुरु भएको राष्ट्रिय भेला बुधबार सकिँदैछ । भेलाले राष्ट्रिय महाधिवेशनको मिति र स्थान तय गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?