+
+

‘स्त्री २’ बन्यो सर्वकालीन धेरै कमाउने हिन्दी फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १४:१६

काठमाडौं । श्रद्धा कपुर स्टारर ‘स्त्री २’ भारतीय बक्स अफिसमा सर्वकालीन धेरै कमाउने हिन्दी फिल्म बनेको छ । इण्डियन एक्सप्रेसका अनुसार शाहरुख खान स्टारर ‘जवान’को कमाइलाई उछिन्दै यो फिल्मले कीर्तिमान रचेको हो ।

‘स्त्री : सरकटेका आतंक’ले भारतीय बक्स अफिसमा शाहरुखको ‘जवान’सहित रणवीर कपुरको ‘एनिमल’, शाहरुखकै ‘पठान’ र सन्नी देओलको ‘गदर २’ को कमाइलाई पनि उछिनेको छ ।

बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार ‘स्त्री २’ ले पाँचौं सातासम्म हिन्दी संस्करणमा ५८६ करोड भारु कमाएको छ । यो फिल्म ६०० करोड भारुको आँकडालाई उछिन्नेतर्फ अघि बढेको आदर्शले उल्लेख गरेका छन् ।

‘जवान’लाई ५८४ करोड भारु कमाउन पाँच साता लाग्यो । ‘स्त्री २’ ले भने ३४ दिनमै यो उपलब्धि हासिल गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?