+
+

कोशीका मुख्यमन्त्रीले माग विश्वासको मत

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १५:१९

२ असाेज, विराटनगर । प्रदेशसभा बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत मागेका हुन् ।

‘मेरो नेतृत्वमा कोशी प्रदेश सरकार गठन भएयता केही सकारात्मक सन्देश प्रवाह गर्ने गरी अघि बढ्ने प्रयत्न सरकारले गरिरहेको छ’, उनले भने, ‘प्रदेशमा आशाको सञ्चार सिर्जना गरेको छ ।’

माओवादी केन्द्रले सरकार छाडेपछि कार्कीले विश्वासको मत लिन लागेका हुन् । कोशी प्रदेशसभामा सत्तारुढ कांग्रेस र एमालेको स्पष्ट बहुमत छ । कांग्रेस, एमाले गठबन्धन बनेपछि नै कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?