+
+

सरकारलाई विश्वास गर्न सकिंदैन : माओवादी केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १५:५८

२ असोज, विराटनगर। नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेपछि माओवादी केन्द्रले विश्वासको मत नदिने बताएको हो ।

‘जनताद्धारा होइन केन्द्रको पनि प्रदेशको पनि,’ माओवादी सांसद गणेश उप्रेतीले भने ,‘ भ्रष्टद्धारा निर्मित सरकारलाई विश्वास दिन सकिदैन, त्यस कारण हाम्रो दलबाट हाम्रो सरकारले विश्वास रहदैन, विश्वास छैन ।’

माओवादी केन्द्रले सुरु गरेको जनयुद्धलाई हिंसा देख्ने दलले विश्वासको मत माग्नु हास्यास्पद भएको बताए । ‘सुसासनका लागि बनेको भए हामी पनि सहयात्री हुनस्क्थ्यौं,’ उनले भने,‘ सरणार्थी प्रकरणको छानविन गर्ने प्रहरीलाई रातारात हटाइए, राष्ट्रीय रुपमबाट स्थापीत भ्रष्टाचारका फाइल गायब भइरहेका छन्, सरकारले आफ्नो गती देखाउन थालिसकेको छ ।’

सरकारले जनताको सेवा नगर्ने बताउँदै उनले सरकारलाई समर्थन नगर्ने बताए । ‘जतिसक्दो छिटो सरकारको बिगठन र सरकारको अन्त्य र समाप्तीबाट मात्रै नै सुशासनको अघि बढ्न सक्छ,’ उनले भने,‘…. यो सरकारलाई हाम्रो समर्थन रहदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?