+
+

नेपालमा प्रिमियर हुँदै डकुमेन्ट्री फिल्म ‘द अनसाइलेन्स्ड’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १७:०१

काठमाडौं । तोसित घटाने निर्देशित डकुमेन्ट्री ‘द अनसाइलेन्स्ड’ नेपालमा प्रिमियर हुने भएको छ । असोज २० गते सीडीसी सिनेमाजमा यो डकुमेन्ट्री फिल्म देखाउन लागिएको हो ।

वेन फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मले चार नेपाली महिलाको संघर्षको कथा पेश गर्छ । सामाजिक मान्यतासँग उनीहरुको लडाइँ, चुनौतीपूर्ण यात्रा र जीवनका अनुभव यसमा समेटिएको छ ।

एक घण्टा भन्दा लामो वृत्तचित्रलाई वास्तविक कथाबाट प्रेरित भनिएको छ । यसमा राधा, माया, सुन्दरी र सुकुनको जीवनका अद्भूत यात्रालाई प्रस्तुत गरिएको छ ।

बालविवाहपछि घरेलु दासत्वमा बाध्य भएकी राधाले बाँच्नका लागि आफ्नो अभिनेत्री बन्ने सपना त्याग्छिन् । कुवेतमा मानव बेचबिखनको जालोबाट मुक्त भएर माया घर फर्किन्छिन् अनि नेपालमा उद्यमीका रूपमा नयाँ जीवनको सुरुवात गर्छिन् ।

शारीरिक रूपमा होची सुन्दरीले समाजका मान्यतालाई चुनौती दिंदै पुरुषप्रधान भूमिकामा पुजारी बन्छिन् र पितृसत्तात्मक भेदभावलाई दृढताका साथ जित्छिन् ।

सुकुन जसले कथित तल्लो जात भएकै कारण आएका सामाजिक अवरोधलाई सहेर सुन्दर हिमालको बीचमा हस्तकलाका उत्पादन बनाएर परिवारको जीविकोपार्जनमा सघाउँछिन् ।

यो डकुमेन्ट्री यी चार महिला पात्रको वरिपरि घुमेको छ । नेपालपछि अन्तर्राष्ट्रिय प्रिमियर अस्ट्रेलियाको सिड्नीस्थित प्यालेस सेन्ट्रल सिनेमाजमा अक्टोबर ३१ मा हुनेछ । अमेरिकाको क्यालिफोर्नियास्थित लाएमल्ले थिएटर्समा आगामी जनवरी १० मा प्रदर्शन हुनेछ ।

यो डकुमेन्ट्रीले इटालीको रियाले फिल्म फेस्टिभलअन्तर्गतको इन्डिपेन्डेन्ट फिल्म अवार्ड्समा विजेता बनेको छ । बेलायत र स्पेनको इन्डी स्पेनको इन्डी अवार्ड्समा फाइनलिस्ट भइसकेको छ । डेनमार्कको इन्टरनेसनल विमेन्स फिल्म फेस्टिभल, बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसस, रोमानियाको सिनेमेटिक युरोपियन फिल्म फेस्टिभल, जापानको लिफ्ट अफ फिल्म फेस्टिभल र अमेरिकाको फिल्म एन्ड सिनेमाटोग्राफी अवार्ड्समा छनोट भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?