+
+

नेप्सेलाई अर्थमन्त्रीको प्रश्नः बजार किन घटिरहेको छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १७:१६

२ असोज, काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल स्टक एक्स्चेन्जमा पुगेर यसबारे चासो राखेका छन् । ३ हजार बिन्दुमा पुगिसकेको बजार अहिले किन झरिरहेको हो भन्ने जिज्ञासा अर्थमन्त्री पौडेलले राखेका थिए ।

उनले पूँजी बजार सुधारका लागि आफूले गर्नुपर्ने कार्य र नेप्सेका योजनाबारे पनि जानकारी लिए । ‘यो सरकार बनिसकेपछि लगानीकर्तामा विश्वास सिर्जना भएको छ, सरकार पूँजी बजार दिगो, भरपर्दो र विश्वसनीय विकासका लागि प्रयत्नशील छ’ उनले भने ।

राजनीतिक र अन्य आर्थिक अवस्थामा कुनै समस्या नदेखिँदा पनि बजारमा ३० अर्बसम्म पुगेको कारोबार अहिले किन ५ अर्बमा झर्‍यो भन्ने जवाफ आफूलाई चाहिएको उनले बताए ।

सेयर कारोबार प्रणालीमा पनि बेला बेलामा समस्या आएकोबारे उनले जिज्ञासा राखेका थिए । ‘यो प्रणालीले कति धान्छ, कारोबारी तथा लगानीकर्ताको गोपनीयता कति सुरक्षित छ ? यी विषयमा मेरो जिज्ञासा छ’ उनले भने ।

लगानीकर्ता त्रसित नहोउन् भन्ने चाहना सरकारको रहेको उल्लेख गरे । पछिल्लो समय लगानीकर्ता पेनिक बन्नुले बजारमा जालझेल भएको त होइन भन्नेबारे चासो लागेर आफू नेप्सेमा उपस्थित भएको उनले स्पष्ट पारे । बजारमा जालझेल गरेर प्यानिक बनाउनेलाई कारबाही गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?