+
+

सहकारीमा रविको संलग्नता पत्याएकै थिइनँ, गगनलाई धन्यवाद : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १७:२०

२ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नताबारे विगतमा आफूलाई विश्वास नै नलागेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा १०० दिने विशेष अभियानको शुभारम्भ गर्दै उनले सहकारीको रकम अपचलनको विषय महामन्त्री गगन थापाले उठान गरेको बताए ।

‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे, म त छक्कै परें कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई’, उनले भने ।

सभापति देउवाले पार्टीको संगठन विस्तारमा ध्यान दिन र आन्तरिक झगडाहरुलाई मिलाउनेतिर लाग्न पनि निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?