+
+

चाडपर्वमा इसेवाबाट कारोबार गर्दा नयाँ कार जित्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १७:४१

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ ।

कम्पनीले दशैं, तिहार र छठ पर्व लक्षित ‘इसेवा महा-उत्सव : इसेवाको कारोबारमा नामीको दामी कार’ नाम गरेको अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत १ असोजदेखि ३० कात्तिकसम्म इसेवाबाट कारोबार गर्ने प्रयोगकर्ता मध्ये एक जना भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन् ।

अफरमा सहभागी हुनका लागि ग्राहकले आवश्यकता अनुसार इसेवाका जुनसुकै सेवा प्रयोग वा इसेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिने कम्पनीको भनाइ छ ।

यसका साथै १०० रुपैयाँको खेलमा हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले आइफोन १६ पनि जित्न सक्नेछन् । मात्र १०० रुपैयाँमा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रूपमा फिर्ता पाउनेछन् ।

त्यसैगरी दैनिक र साप्ताहिक रूपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ । दैनिक अफर अन्तर्गत अफरको समयावधिमा हरेक दिन निर्धारित समयका लागि फ्ल्यास सेलको रूपमा अफर आउने छ । उक्त सेलमा प्रयोगकर्ताहरुले तोकिएको समयमा अधिकतम छुट तथा क्यास ब्याक पाउन सक्नेछन् ।

साप्ताहिक रूपमा आउने अफरमा भने हरेक हप्ताको मंगलबार इसेवाका विभिन्न सेवाहरू जस्तै : मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, ईस्पिकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यास ब्याक पाउन सक्नेछन् ।

यी अफरबारे थप जानकारी इसेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जाल मार्फत प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?