
२ असोज, काठमाडौं । बुधबार सेयर बजारमा कुल ५ अर्ब ६६ करोड रुपैयाँको कारोबार भयो ।
यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३९ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल १ अर्ब ९१ करोडको खरिद हुँदा २ अर्ब ५३ करोड रुपैयाँको बिक्री भएको छ । टप १० ब्रोकर कम्पनीमार्फत खरिदभन्दा बिक्री धेरै देखिएको छ ।
संख्याका आधारमा पनि खरिद गर्नेभन्दा बिक्री गर्नेहरु धेरै देखिएका छन् । टप १० मध्ये ९ ब्रोकर कम्पनीको बिक्री धेरै छ भने एउटाको मात्रै खरिद धेरै छ ।
डायनामिक सेक्युरिटीको खरिद धेरै देखिएको छ भने बाँकी ९ कम्पनी नासा, भिजन, इम्पेरियल, अनलाइन, सनी, आर्यतारा, एबीसी, अग्रवाल र दिपशिखामार्फत बिक्री धेरै भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4