+

कामिन्दुको शतकमा श्रीलंकाको मध्यम ब्याटिङ

२०८१ असोज  २ गते १८:०१ २०८१ असोज २ गते १८:०१
कामिन्दुको शतकमा श्रीलंकाको मध्यम ब्याटिङ

२ असोज, काठमाडौं । मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ।

गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ।

कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो।

कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, एन्जिलो म्याथ्युज ३६ र पाथुम निसांका २७ रनमा आउट भए ।

न्युजिल्यान्डका विलियम्स ओरुकले ३, ग्लेन फिलिन्सले २, टिम साउथी र अजाज पटेलले १–१ विकेट लिए । श्रीलंका र न्युजिल्यान्डबीच दुई टेस्ट खेलको सिरिज हुनेछ ।

कामिन्दु मेन्डिस न्युजिल्यान्ड श्रीलंका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय