+
+

फास्ट ट्र्याकको आयोजना प्रमुखमा उपरथी शाह

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १९:२२

२ असोज, काठमाडौं । काठमाडौं तराई-मधेश द्रुतमार्ग सडक आयोजनाको परियोजना प्रमुख फेरिएका छन् ।

हालका परियोजना प्रमुख सहायक रथी विकास पोखरेलको म्याद थप नभएपछि उनी आगामी सोमबारबाट अवकाशमा जाँदैछन् । अवकाशमा जानुअघि पोखरेल बिदा बसिसकेका छन् ।

नयाँ परियोजना प्रमुखमा उपरथी कमलबिक्रम शाहले जिम्मेवारी पाएका छन् । उनले यसअघि फास्ट ट्र्याकमा आयोजना प्रमुख रहिसकेका छन् । उनी हाल सेनामा इञ्जिनियरिङ विभाग प्रमुख समेत छन् ।

बाराको निजगढदेखि काठमाडौं जोड्ने द्रुतमार्ग १४ जेठ २०७४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका थिए ।

त्यसबेला २०८० साउन ३० गतेसम्म आयोजना निर्माण सक्ने गरी नेपाली सेनालाई व्यवस्थापनको जिम्मा दिइएपनि विभिन्न कारणले अहिले यो अवधि २०८३ को चैत मसान्तसम्म सारिएको छ ।

आयोजनाको कुल लागत २ खर्ब ११ अर्ब ९३ करोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?