+
+

यशकुमारले ल्याए मर्मस्पर्शी प्रेमकथामा ‘आँखा बन्द गरेर’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते २०:२१

‘आँखा बन्द गरेर हेरन मलाई तिमी
तिमीसँगै म हुन्छु
फिँजाइदेऊ तिम्रो अँगालो
बतास बनी म छुन्छु’

यशकुमारले आफ्नो संगीत र गायनमा नयाँ गीत ‘आँखा बन्द गरेर’ युट्युबमा ल्याएका छन् । १५ मिनेट लामो यो सांगीतिक फिल्ममा प्रेम, रोमान्स, ड्रामा र विछोडको मर्म मिश्रण गरिएको छ ।

निर्मल मगरको शब्द हृदयस्पर्शी त छँदैछ, यशले आफ्नो समधुर गायकीबाट दर्शकीय मनमस्तिष्कलाई स्पर्श गरेका छन् । निकेश खड्काले भिडियोमार्फत संगीत र कथावाचनबीच सन्तुलन मिलाएका छन् ।

५२ लाख पटक हेरिएको ‘तिमी छौ र त’ गीतको दोस्रो भागको रुपमा यशले नयाँ गीत सार्वजनिक गरेका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा म्युजिक भिडियो सार्वजनिक गरियो ।

भिडियोमा यशसहित अनु थापा, प्रेम सुब्बा र राजेश घतानी फिचर्ड छन् । गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कास्ट एण्ड क्रूको उपस्थिती थियो ।

आफ्ना गीतमा सामाजिक मुद्दा उठाउने यशले यसपटक भने हृदयस्पर्शी प्र्रेम सम्बन्धको एउटा मीठो कथा बुनेका छन् । अनुको अभिनय भिडियोको दर्शनीय पक्ष हो । उनी विभिन्न आयाममा खुलेर प्रस्तुत भएकी छन् ।

यशले आफ्नो युट्युव च्यानलबाटै गीत सार्वजनिक गरेका हुन् । ‘तिमी छौ र त’ यशकुमारको पछिल्लो सर्वाधिक मध्ये रुचाइएको गीत हो । पत्रकार सम्मेलनमा बोल्दै उनले यो गीतलाई पनि दर्शकले उत्तिकै माया दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?