+

ओमानविरुद्ध नेपालको टेस्ट शैलीमा ब्याटिङ

२०८१ असोज  २ गते २२:३२ २०८१ असोज २ गते २२:३२
ओमानविरुद्ध नेपालको टेस्ट शैलीमा ब्याटिङ

२ असोज, काठमाडौं – नेपालले आईसीसी विश्वकप लिग–२ मा ओमानविरुद्ध रन बनाउन निकै संघर्ष गरेको छ । किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा ३ विकेट गुमाउँदै ६२ रन बनाएकोछ ।

रोहित पौडेल २८ बलमा १ छक्कासहित १६ तथा आरिफ शेख ५१ बलमा १ चौकासहित १६ रनमा क्रिजमा छन् । पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको नेपाल ओमानविरुद्ध खुलेर ब्याटिङ गर्न सकेको छैन । अझ शीर्ष तीन ब्याटर नचलेपछि झनै संघर्ष गरेको हो ।

ओपनर अर्जुन साउदलाई ५ रनमा गुमाउँदा नेपाल ३.१ ओभरमा १०-१ को अवस्थामा थियो । अर्जुन तीव्र गतिका बलर कलिमुल्लाहको चौथो ओभरको पहिलो बलमा सेकेन्ड स्लिपमा फयाज बटबाट क्याच क्याच हुन पुगे । नेपालले उनलाई कुशल भुर्तेलको स्थानमा आज प्लेइङ-११ मा खेल्ने अवसर दिएको थियो ।

दोस्रो विकेटलाई भीम सार्की र आसिफ शेखले १२ रनको साझेदारी गरे । आसिफ शोएब खानको बलमा ब्याकप्वाइन्टमा कश्याप प्रजापतिको उत्कृष्ट क्याचको शिकार बने । आसिफले २८ बलमा २ चौकासहित ११ रन जोडे । भीम सार्की ३२ बलमा १ चौकासहित ११ रनमा क्याच आउट हुँदा नेपाल १३.१ ओभरमा ३१-३ को अवस्थामा पुगेको थियो ।

 

आईसीसी विश्वकप लिग २
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय