+

कप्तान रोहितले हाने ओमानविरुद्ध अर्धशतक

२०८१ असोज  २ गते २३:२४ २०८१ असोज २ गते २३:२४
कप्तान रोहितले हाने ओमानविरुद्ध अर्धशतक

२ असोज, काठमाडौं – नेपालका कप्तान रोहित पौडेलले आईसीसी विश्वकप लिग–२ मा ओमानविरुद्ध अर्धशतक प्रहार गरेका छन् । रोहितले ६४ बलमा २ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका हुन् ।

किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३८ ओभरमा ४ विकेट गुमाउँदै १२६ रन बनाएको छ । रोहित पौडेल ६७ बलमा २ चौका र ४ छक्कासहित ५८ रनमा क्रिजमा छन् । आरिफ शेख ८८ बलमा १ चौकासहित ३५ रनमा आउट भए ।

एक समय १३.१ ओभरमा ३१-३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि रोहित र आरिफले ८३ रनको साझेदारी गरेका थिए । त्यसअघि नेपालका ओपनर अर्जुन साउद ५, आसिफ शेख र भीम सार्की ११-११ रनमा आउट भए ।

आईसीसी विश्वकप लिग २
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय