+

गुलशन नेपालबाट एकै खेलमा ५ विकेट लिने र अर्धशतक बनाउने पहिलो खेलाडी

२०८१ असोज  ३ गते ५:३६ २०८१ असोज ३ गते ५:३६
गुलशन नेपालबाट एकै खेलमा ५ विकेट लिने र अर्धशतक बनाउने पहिलो खेलाडी

३ असोज, काठमाडौं – युवा अलराउण्डर गुलशन झा नेपालबाट ओडीआईमा एकै खेलमा पाँच विकेट लिनुको साथै ५० भन्दामाथि रन बनाउने पहिलो खेलाडी बनेका छन् । नेपाल बिहीबार विहान ओमानसँग १ विकेटले पराजित भएपनि गुलशनले ५३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए ।

यसअघि नेपालबाट ओडीआईमा एकै खेलमा ५ वा त्यो भन्दामाथि विकेट सन्दीप लामिछानेले र करण केसीले तीन तीन तथा सोमपाल कामी र ललित राजवंशीले १-१ पटक पूरा गरेका थिए । तर सोही खेलमा अर्धशतक भने कुनैपनि खेलाडीले बनाउन सकेका थिएनन् ।

ओडीआई इतिहासमा एकै खेलमा ५ विकेट र ५० भन्दा बढी रन बनाउने उनी २४ औं खेलाडी हुन् । पछिल्लो पटक सन् २०२३ मा नेदरल्यान्ड्सका बास डि लिडेले स्कटल्यान्डविरुद्ध एकदिवसीय विश्वकप छनोट २०२३ जुलाईमा १२३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए ।

गुलशनले ओमानविरुद्ध ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रन बनाउनुको साथै १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिएका थिए । हारका बाबजुद गुलशन खेलको प्लेयर अफ द म्याच चुनिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो ।

 

ओडीआईमा एकै खेलमा पाँच विकेट लिनुको साथै ५० भन्दामाथि रन बनाउने गुलशन झा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय