+
+

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

स्वास्थ्य अनुसन्धान परिषद उपाध्यक्षमा अजित रायमाझी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते ९:४२

३ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्ले भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो ।

यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैं सञ्चालन गरेको अस्पतालका तीन सय बढी कर्मचारी गठन आदेशबिना नियमावली बन्न नसक्दा वृत्ति विकासबाट वञ्चित हुँदै आएका थिए ।

सरकारको निर्णयसँगै अस्पतालका सबै कर्मचारीहरु विकास समितिअन्र्तगत रहने भएका छन् । मन्त्रिपरिष्द बैठकले विकास समिति गठन आदेश स्वीकृत गरेसँगै अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्तिविकासमा काम गर्ने बाटो खुलेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्षमा रायमाझी

त्यस्तै, मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा डा. अजित रायमाझीलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

यसअघि कान्ति अस्पतालका दुई पटक निर्देशक रहिसकेका रायमाझी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका प्राध्यापक तथा बाल रोग विभाग संयोजक हुन् ।

न्याम्सका संस्थागत समीक्षा बोर्ड (आइआरबी)का समेत अध्यक्ष रहेका रायमाझी शैक्षिक परिषद्का सदस्यसमेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?