+
+

‘खुस्मा’ देशव्यापी रिलिज, ओपनिङ अकुपेन्सी सुखद्

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १२:१३

काठमाडौं । संविधान दिवसको सार्वजनिक बिदाको अवसरमा नेपाली फिल्म ‘खुस्मा’ बिहीबारदेखि हलमा रिलिज भएको छ । धीरज मगर र उपासना सिंह ठकुरी अभिनित फिल्मले दशक लामो सशस्त्र द्वन्द्वको कालखण्डको प्रेमकथा भन्छ ।

फिल्मका तीन मुख्य पात्र खुस्मा, जेमी र मनेको त्रिकोणात्मक प्रेमकथा यसमा छ । द्वन्द्वमा बेपत्ता पारिएका परिवारको कथावस्तु पनि यसमा छ । १४६ मिनेट लामो फिल्मले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ ।

मगर समुदायको पृष्ठभूमिमा बनेकाले पनि समुदायको कथामा रुचि हुनेलाई यो फिल्म मनपर्न सक्छ ।

सार्वजनिक बिदाको दिनमा रिलिज भएको फिल्मको ओपनिङ अकुपेन्सी सुखद देखिएको छ । काठमाडौं उपत्यकासहित पोखरा, नारायणगढ, बुटवल, इटहरी लगायतका सहरस्थित हलमा दिउँसोको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा छ ।

केही हलमा दिउँसोको अकुपेन्सी शतप्रतिशत हुने देखिएको छ । अकुपेन्सी अपरान्ह र बेलुकीको शोमा वृद्धि हुने अनुमान छ ।

रिलिजअघि पूर्वसन्ध्यामा आयोजित समारोहमा फिल्मको गीत ‘रुकुम मैकोट’ले युट्युबमा एक करोड भ्युज प्राप्त गरेको खुसीयालीमा केक काटिएको थियो । यो गीत पछिल्लो समय टिकटक, रिल्स लगायतका प्लाटफर्ममा रुचाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?