+
+

म्हैपीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १२:१६

३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ म्हैपीस्थित विष्णुमती करिडोर सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बा ४ ख ८६८५ नम्बरको मिनी ट्रकले ग १४ प ६४४३ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिएको थियो ।

सो क्रममा मोटरसाइकल चालक बाग्लुङको बाग्लुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय विनोद खड्काको मृत्यु भएको हो ।

उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा सवार अर्का एक जना भने घाइते छन् ।

उनको ट्रमा सेन्टरमै उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?