+
+

नेपाली डिजाइनरको पहिरनमा सजियो लण्डन फेसन वीक (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १३:२४

काठमाडौं । यस वर्षको लण्डन फेसन सप्ताह केही दिनअघि सम्पन्न भएको छ । यस वर्ष ४० औं वर्षगाँठ सेलिब्रेसन गरियो, जहाँ २५० भन्दा बढी डिजाइनरले आफ्ना कलेक्सन प्रस्तुत गरे ।

यसपटकको संस्करणको मुख्य थिम फेसनमार्फत वातावरण संरक्षणमा सघाउन दिगो फेसनको अवधारणा कार्यान्वयन गर्नु हो । यसपटकको डिजाइन वातावरणमैत्री प्रेरित रह्यो ।

यसपटक नेपाली फेसन डिजाइनर संयुक्ता श्रेष्ठ पनि लण्डन फेसन वीकको एक आकर्षण थिइन् । समारोहमा सस्टेनेबल फेसन डिजाइरको रुपमा नेपालदेखि बेलायतसम्मको संयुक्तको संघर्ष यात्रालाई चित्रण गर्ने डकुमेन्ट्री ‘कोहेसन : अ टेल अफ इको वारिअर’ पनि चित्रण गरियो ।

उनले आफ्ना डिजाइन नेपालका गाउँबाट प्रेरित रहेको बताएकी छन् । भन्छिन्, ‘ नेपालको गाउँदेखि यहाँसम्म सहभागी हुने मोडल, फोटोग्राफर, सिनेमेटोग्राफर, यूके फिल्म निर्माण टोलीदेखि यूके शो प्रोडक्सन टोलीसम्मका सबैप्रति आभारी छु ।’

संयुक्ताको डिजाइनमा मोडलहरु जुलिया किनियर, एनेसु मन्डे, अनास्तासिया पोटापचिक, कोलेट इन्डिया लुसी, हेलेन चेन, कोर्टनी फ्रान्सिस, लिली मेजोकोजी, इडा पेमाले र्‍याम्प नापे ।

लण्डन फेसन सप्ताह जस्ता विश्वचर्चित समारोहमा नेपाल, नेपाली र शताब्दीऔं पुरानो शिल्प प्रदर्शन गर्न पाउनु ठूलो सम्मानको विषयको उनले जनाएकी छन् । न्युयोर्क, पेरिस र मिलानपछि लण्डन फेसन वीक विश्वकै चर्चित फेसन मेला अन्तर्गत पर्छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?