
भेटिस् तैंले आफ्नो मात, छोडिदिस् जमातको मात
लाग्यो तँलाई उसको मात, छ जसको मातहतमा मात
चुरोट, रक्सी, गाँजापातको मात वाहियात
परमात्माकै हातबाट पिइस् तैंले परममात !
स्याब्बास् !!
आध्यात्मिक यात्राका बारेमा बोल्ने यिनै पंक्तिसहितको नवराज पराजुलीको नयाँ रचना ‘स्याब्बास्’ सार्वजनिक भएको छ । उज्ज्वल सागरले संगीत दिएका छन् ।
ब्रिड्ज इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुति रहेको भिडियोमा नवराज पराजुली, नम्रता केसी, सरस्वती हिङमाङ परियार, हरिप्रसाद पराजुली, लक्ष्मीदेवी पराजुली, पगला हेम्रम, होप्ना बास्की, कृष्णध्वज लिम्बू, हिमा चम्लागाईं, लक्ष्मी काफ्ले र लक्ष्मी पराजुलीको अभिनय छ ।
भिडियोलाई दिनेश राजवंशी र सुशील खनालले खिचेका हुन् । ‘स्याब्बास्’को कोरस गायनमा अञ्जित चुँडाल, बचन श्रेष्ठ, दीपेन्द्र सुवेदी, गोपाल योगी, एलएन अधिकारी, नारायण न्यौपाने, ऋषभ गौतम र उज्ज्वल सागर छन् ।
‘स्याब्बास’को भिडियो ‘नवराज पराजुली’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
प्रतिक्रिया 4