+
+

‘बेहुली फ्रम मेघौली’को ट्रेलर : विवाहको दबाब छल्न ट्रयाक्टर लिएर भाग्ने केटीको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १५:३३

काठमाडौं । स्वस्तिमा खड्का र निश्चल बस्नेतको शीर्ष भूमिका रहेको सोसल ड्रामा फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक भएको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले हुर्किएका छोरीलाई योग्य वर पाउन हुने सामाजिक सकसको कथा पेश गर्छ ।

ट्रेलरले फिल्मको कथावस्तु, द्वन्द्व र चरित्र चित्रणबारे प्रकाश पारेको छ । भ्रामरी दशाको कारण हुर्किएकी छोरीको विवाह ३० वर्षको उमेरभित्रै गर्नुपर्ने दबाबमा परिवार हुन्छन् । यो दबाबबीच योग्य वर पाउन परिवार र युवतीले कस्तो संघर्ष गर्नुपर्छ भन्ने कथावस्तु यसमा चित्रण गरिएको छ ।

केटीको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भने परम्परागत नेपाली समाजको मान्यतालाई फिल्मले व्यंग्य गरेको छ । यसले नेपाली विवाह पद्दति र संस्कारलाई घुमाउरो ढंगले प्रश्न पनि गर्छ ।

फिल्मको शीर्ष भूमिकामा स्वस्तिमाले अभिनय गरेकी छन् । निश्चल र स्वस्तिमासहित विजय बराल, बसुन्धरा भुषाल, रक्षा थापा, लोकेन्द्र लेखक, आमिर गौतम, सिरु विष्ट, सिम्रन खड्का, शिशिर शिवाकोटी लगायतको अभिनय यसमा छ ।

साजन काफ्ले र आकाश बरालले संयुक्तरुपमा निर्देशन र पटकथा लेखेका हुन् । स्वस्तिमा खड्का र निश्चल बस्नेत निर्माता हुन् । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएको हो ।

असोज १७ गते, दशैंको घटस्थापनामा फिल्म रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?