+
+

कुर्थामा चिटिक्क दीपाश्री, संचिता र श्वेता (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १६:५७

काठमाडौं । दशैंतिहार पर्वमा मात्र सीमित छैनन् । यी चाडसँग पहिरन, खानपिन र संस्कृति गाँसिएका छन् । दशैं आउन दुई साता बाँकी छ । अहिल्यैदेखि बजार र सामाजिक संजालमा ‘फेस्टिभ मुड’ जाग्न थालेको छ ।

आफूलाई मनपर्ने र आरामदायी पहिरनमा सजिन चाहनेहरु किनमेल तयारीमा छन् । के सेलेव्रिटी, के सर्वसाधारण ‘सपिङ लिस्ट’ बनाउन ब्यस्त छन् । उमेर र रुचिअनुसार हरेकको पहिरन बेग्लै हुनसक्छ ।

यस्तोमा, चर्चित तीन अभिनेत्री दीपाश्री निरौला, संचिता लुइँटेल र श्वेता खड्कामा भने अहिल्यैदेखि ‘फेस्टिभ मुड’ सुरु भैसकेको छ । यी तीन सेलेव्रिटीले दशैंलाई लक्षित गर्दै आकर्षक फोटोसुट गराएका छन्, जसले तपाईंलाई चाडपर्व संघारमै आइसकेको महसुुस गराउँछ ।

कुपण्डोलस्थित कायरा बुटिकले यी तीन सेलेव्रिटीलाई आफ्नै डिजाइनमा तयार पारिएको कुर्थामा सजाएर फोटो खिचाएको हो । फोटोमा उनीहरु आकर्षक देखिएका छन् । यो पहिरनले अहिलेको फेसन ट्रेन्डलाई पनि दर्शाउँछ ।

श्वेता, संचिता र दीपाश्रीले पाकिस्तानी डिजाइनमा तयार पारिएको पाइन्ट स्टाइलको कुर्था सुरुवाल पहिरिएका छन् । यसमा यी तीन सेलेव्रिटीको सौन्दर्य र आभा पनि खुलेको छ । यी कुर्थालाई हातले इम्ब्रोइडरी गरिएको हो । कायराले प्रत्येक दशैंतिहारमा चाड लक्षित फोटोसुट गराउँदै आएको छ ।

‘यो पहिरन अहिले फेसन ट्रेन्डमा छ’ कायरा बुटिककी संचालक तथा फेसन डिजाइनर रोजिना श्रेष्ठले अनलाइनखबरसँग भनिन्, ‘यो लगाउँदा ट्रेडिसनल लुक्स देखिन्छ । दशैंतिहारमा लगाउने खालको भाइब्स पनि आउँछ । किनभने दशैं र कुर्था भनेका पर्यायवाची हुन् । कसैले पनि दशैंमा सारी र लेहेंगा खोज्दैन । यो निश्चित अकेजनमा लगाउने पहिरन हो ।’

श्रेष्ठले यो पहिरनका लागि आफूले ३० वर्ष कटेका मच्योर्ड सेलेव्रिटी चुज गरेको बताइन् । ‘टीनएजरले जस्तो पहिरन पनि लगाउँछन् । तर, ओभरवेट र ३० प्लसको लागि यस्तो खालको कुर्था सुहाउँछ’ रोजिना भन्छिन्, ‘यसकारण फोटोसुटका लागि मच्योर्ड सेलेव्रिटी चुज गरेकी हुँ ।’

दशैं नजिकिएसँगै अहिले बुटिकमा कुर्थाको अर्डर थाम्न मुस्किल छ । ‘यस्तो कुर्था फेसनमा पनि भएको र हातले कडाइ गरेकाले पनि उपभोक्ताको रोजाइमा छ’ रोजिना भन्छिन् ।

डेढ दशक लामो फेसन डिजाइनिङ करिअरमा रोजिनाले धेरै सेलेव्रिटीलाई आफ्ना पहिरनमा सजाइन् । वर्षेनी दशैंको फोटोसुटमा धेरैले आफूलाई रोजिनाको डिजाइनमा सजाएका छन् । झरना थापादेखि पछिल्ला छिमलकी स्वस्तिमा खड्कालाई सजाइसकेकी रोजिना पछिल्लो समय सेलेव्रिटी ‘फेसन कन्सस’ भएको बताउँछिन् ।

‘सेलेव्रिटी फेसन कन्सस छन् । फङ्सनमा कोभन्दा को कम देखिन चाहँदैनन्’ उनको अनुभव छ ।

कायरामार्फत रोजिनाले नीता ढुंगानाको हालैको फिल्म ‘ह्रस्व दीर्घ’मा कस्ट्युम डिजाइन गरेकी छन् । श्वेता खड्का, दीपाश्री निरौलाले पनि यहीँबाट डिजाइन गराएका छन् । रोजिनाले छक्कापञ्जाका अघिल्ला सिरिजका लागि कस्ट्युम डिजाइनमा पनि काम गरिन् ।

‘मेकरहरु पनि पछिल्लो समय फेसन र कस्ट्युम डिजाइनलाई गम्भीर देखिनुहुन्छ । दृश्य र गीतको बोलअनुसार ड्रेसअप खोज्नुहुन्छ’ उनी भन्छिन् । अहिले कायरामा ५ देखि ३० हजारसम्मका कुर्था उपलब्ध रहेको रोजिना बताउँछिन् । ‘करिअरलाई लिएर सन्तुष्ट छु’ अनलाइनखबरसँग उनी सुनिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?