+

लुम्बिनी युवा परिषद उपाध्यक्ष नियुक्तिमा किर्ते गरेको आरोप

२०८१ असोज  ३ गते १६:५९ २०८१ असोज ३ गते १६:५९
लुम्बिनी युवा परिषद उपाध्यक्ष नियुक्तिमा किर्ते गरेको आरोप

३ असोज, बुटवल । लुम्बिनी प्रदेश युवा परिषद् उपाध्यक्षको नियुक्ति किर्ते भएको आरोप लगाउंदै पदमुक्त भएका गोविन्दबहादुर खत्रीले आफू पदमा कायम भएको दावी गरेका छन् ।

लुम्बिनी प्रदेशका तत्कालिन सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले २०८१ असार २० गते परिषद्को उपाध्यक्षबाट खत्रीलाई हटाएर सो पदमा हंसराज खनाललाई नियुक्ति गरेका थिए ।

खत्रीले बिहीबार पत्रकार सम्मेलन गरी तत्कालीन मन्त्री खत्रीले पदबाट राजीनामा दिएपछि मन्त्रालयको छापको दुरुपयोग गरी उपाध्यक्ष नियुक्त गरेर किर्ते काम गरेको आरोप लगाएका छन् ।

‘एमाले नेतृत्वको सरकार ढलेपछि राजीनामा दिएका मन्त्री खत्रीले मन्त्रालयको लेटरप्याड र छाप घरमै लगेर छापको दुरुपयोग गरी कानुन विपरीत मलाई हटाएर नयां मान्छे नियुक्त गरेकाले खत्रीलाई नेपालको संविधान अनुसार कारवाही गर्न माग गर्दछु’–पत्रकार सम्मेलनमा खत्रीले भने-‘राजनीतिक पूर्वाग्राही राखी मनोमानी ढंगले चलानी नम्बर ४५ लेखेको भएपनि चलानी नम्बर ४५ र ४९ दुवै पत्र मन्त्रालयको चलानी किताबमा रेकर्ड नरहेकाले उपाध्यक्ष नियुक्ति अवैधानिक र किर्ते भएको ठहर हुन्छ ।’

आफूलाई राजनीतिक पूर्वाग्राहीका आधारमा हटाइएपछि आफू अदालत गएको रिट खारेज भएपछि नयां नियुक्तिको विषयमा पुराउनुपर्ने प्रकृया नपुराएको प्रमाण भेटिएको दावी गरे । आफूलाई पुनर्वहाली नगरे सर्वोच्च अदालतमा जाने उनले पत्रकार सम्मेलनमा बताए ।

तत्कालीन मन्त्री खत्रीले भने गोविन्द खत्रीको भनाई सरासर झुट भएको दावी गर्दै सबै विधि प्रक्रिाया पुर्‍याएर हंशराज खनालको नियुक्ति भएको बताए ।

 

उपाध्यक्षको नियुक्ति किर्ते लुम्बिनी युवा परिषद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय