+
+

हङकङमा ‘गाउँ आएको बाटो’को विशेष प्रदर्शन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १७:११

काठमाडौं । हङकङमा नेपाली फिल्म ‘गाउँ आएको बाटो’को विशेष प्रदर्शन गरिने भएको छ । नवीन सुब्बा निर्देशित फिल्म २० अक्टोबरमा गोल्डेन सिन सिनेमा हलमा प्रदर्शन गर्न लागिएको हो ।

निर्माता अमोद राईले हङकङको गोल्डेन सिन सिनेमाले पहिलोपटक नेपाली फिल्मको वितरण अधिकार किनेको बताए । ‘गोल्डेन सिन सिनेमाकै हलमा प्रदर्शन गर्न लागिएको हो,’ उनले भने, ‘यो फिल्म हङकङवासीका लागि विशेष छ । नेपालको फिल्ममेकिङ इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू यो चलचित्र संलग्न भएर काम गरेका छन् ।’

फिल्मको सम्पादन ताइवानका क्वान पुन लुङ र संगीत हङकङकी संगीतकार हाइडी लीले गरेकी हुन् । हङकङमा रहेका देवराज राई कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ ।

फिल्मको सहनिर्माताका रूपमा हङकङबाट अरुण राई, मातृदीप राई, रामली राई, सुमन वोनेम, मायादेवी राईलगायत छन् । फिल्मलाई यसअघि क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साओ पाउलो, भारतको मुम्बई, स्विडेनको गोटेबर्ग, चीनको बेइजिङलगायत महोत्सवमा प्रदर्शन गरिएको थियो ।

यो फिल्म नेपालका हलमा प्रदर्शन भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?