+
+

अन्नपूर्ण न्युरो अस्पतालमा अव्यवस्थित हानिकारक फोहोर

माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताललाई काठमाडौं महानगरपालिकाले हानिकारक फोहोर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको समय दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १७:१९

३ असोज, काठमाडौं । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताललाई काठमाडौं महानगरपालिकाले हानिकारक फोहोर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको समय दिएको छ ।

महानगरले अनुगमन गर्दा अस्पतालले फोहोर व्यवस्थापनको काम राम्ररी नगरेको पाइएको थियो । आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, वार्ड, प्रयोगशाला सहितका स्थानमा हेर्दा फोहोर वर्गीकरण राम्रो भएको थिएन ।

बिक्रीयोग्य फोहोर राखिएको ठाउँमा कालो प्लास्टिकमा पोको बनाइएको फोहोर थियो । योसँगै पानी बगिरहेको थियो । यस्तै पार्किङका लागि प्रयोग हुनुपर्ने बेसमेन्टमा फोहोर संकलन केन्द्र थियो ।

अनुगमन टोलीले संक्रमित फोहोर निर्मलीकरण प्रबन्धमा सामान्य फोहोर हटाउन, अस्पताल सञ्चालन अनुमति लिँदा पेस गरिएको क्षेत्र विभाजन सम्बन्धी कागजपत्र पेस गर्न निर्देशन दिएको छ ।

वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहित अनुगमन टोलीले फोहोर उत्पादन स्थल, उत्पादन हुँदा वर्गीकरण, फोहोर जम्मा गर्ने, जम्मा भएको फोहोर संकलन केन्द्रसम्म ढुवानी, निर्मलीकरण र अन्तिम व्यवस्थापनमा हानिकारक फोहोरको अवस्था अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?