+

सिक्किममा भएको बास्केटबलमा नेपाल च्याम्पियन

२०८१ असोज  ३ गते १७:२७ २०८१ असोज ३ गते १७:२७
सिक्किममा भएको बास्केटबलमा नेपाल च्याम्पियन

३ असोज, काठमाडौं । नेपालको महिला बास्केटबल टिमले भारतको सिक्किममा भएको स्टेट लेभल बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ उपाधि जितेको छ ।

गान्तोकस्थित पाल्जोर स्टेडियम कम्प्लेक्सको ईन्डोर बास्केटबल कोर्टमा बुधबार भएको महिलातर्फको फाइनलमा नेपालले सिलोङ लाबोटलाई ५९-२७ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

सिक्किम बास्केटबल संघको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ ६ टोलीको सहभागिता थियो । जहाँ नेपालकै आईएसए नेपाल टोली पनि सहभागी थियो । पुरुषतर्फ १२ टोलीको सहभागिता थियो ।

बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय