+

बागमतीलाई हराउँदै वालिङको शीर्ष ५ को दौड कायमै

२०८१ असोज  ३ गते १७:३३ २०८१ असोज ३ गते १७:३३
बागमतीलाई हराउँदै वालिङको शीर्ष ५ को दौड कायमै

३ भदौ, काठमाडौं। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले फ्रि कीकमा हानेको बल पहिलो बारमा लागि रिवाउन्ड हुँदा सोही बललाई उनले किक गर्दै वालिङलाई अग्रता दिलाएकी हुन् । उनै सीसीले खेलको ४० औं मिनेटमा पनि गोल गरिन् ।

पहिलो हाफमा २–०को अग्रता बनाएको वालिङले दोस्रो हाफमा २ गोल गर्‍यो । खेलको ५४ औं मिनेटमा सीसीको फ्रि किकमा डी बक्स भित्रबाट रिवाउन्ड आको डिफेन्स बललाई ज्याक्लिन नसालीले गोलमा परिणत गरेकी हुन् ।

उनै ज्याक्लिनले ८३ औं मिनेटमा सुस्मा तामाङले हानेको बललाई बागमतीकी गोलकिपर सुजाता तामाङले बचाउँदा रिवाउन्डमा आएको बललाई नसालीले गोलमा परिणत गरेकी हुन् ।

छैटौं चरणको खेल सकिँदा शीर्ष स्थानमा एपिएफ क्लब रहेको छ । दोस्रो स्थानमा त्रिभुवन आर्मी रहेको छ भने आजको खेल जित्दै वालिङ चौथो स्थानमा उक्लिएको छ । पाँचौं स्थानमा कोशी प्रदेश रहेको छ ।

वालिङले ६ खेलमा ४ जित र २ हारसहित १२ अंकसहित चौथो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको नेपाल पुलिसको पनि समान १२ अंक नै रहेको छ । पुलिस भने ३ जित र ३ बराबरीसहित १२ अंक बटुल्दै तेस्रो स्थानमा छ ।

छैटौं स्थानमा चन्द्रपुर नगरपालिका, सातौंमा संकटा क्लब, आठौंमा बागमती युथ क्लब, नवौंमा कर्णाली र पुच्छरमा सुदुरपश्चिम प्रदेश रहेको छ ।

एन्फा महिला लिग बागमती वालिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय