+
+

दरबारमार्गमा नेशनल डे कन्सर्ट (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ असोज ३ गते १९:१६

३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले बिहीबार काठमाडौंको दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

यही संविधान दिवसको अवसर पारेर सरकारले दरबारमार्गमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको हो । ‘नेशनल डे कन्सर्ट’मा सर्वसाधारणहरूले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर उत्सव मनाइरहेका छन् भने राष्ट्रिय स्तरका कलाकारहरूले आफ्नो सांगितिक प्रस्तुती दिइरहेका छन् ।

सांगितिक कार्यक्रम अवधिकर दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।  नेशनल डे कन्सर्टमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका थिए । प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्‍य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक सहभागी भएका थिए ।

कन्सर्टमा एलिमेन्ट्स र कुटुम्ब ब्याण्डले आफ्ना हिट गीत गाएर दर्शकलाई मनोरञ्जन दिए । सुगम पोखरेल, दीपक लिम्बु, सुवानी मोक्तान, कुन्ती मोक्तान, आनन्द कार्की लगायतले आफ्ना गीतमा दर्शक नचाए । सबैले राष्ट्रिय भावनाले ओतप्रोत गीत गाएर संविधान दिवस मनाउन आग्रह गरे ।

आफ्ना लोकप्रिय ब्याण्ड र कलाकारलाई सुन्न दरबारमार्ग राती अबेरसम्म उर्लिएको थियो । प्रधानमन्त्री ओली स्टेजमा उक्लिएर कन्सर्टका सहभागिलाई संक्षिप्त सम्बोधन गर्दै संविधान दिवसको शुभकामना दिए । गायक लिम्बुले ‘रातो र चन्द्र सूर्य जंगी निशान’ गाउँदा प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी लगायतले स्टेजबाट राष्ट्रिय झण्डासहित साथ दिएका थिए ।

आतसबाजी समेत गरिएको थियो । कन्सर्टलाई पूर्वमिस नेपाल सुगरिका केसी र पडकास्टर संजय अग्रवालले होस्ट गरेका थिए ।

 संविधान दिवसको दिन आज काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थ चुस्त पारिएको छ । शान्ति सुव्यवस्था कायम राख्न सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ ।

सरकारले हरेक वर्ष संविधान दिवस विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउने गर्दछ । आज सबै नेपालीलाई घरघरमा दीपावली गरेर दिवस मनाउन सरकारले आह्वान गरेको छ ।

हेर्नुहोस् तस्वीरहरु :

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?