+

जडेजा र आश्विनको उत्कृष्ट ब्याटिङमा भारत मजबुत

२०८१ असोज  ३ गते १८:४६ २०८१ असोज ३ गते १८:४६
जडेजा र आश्विनको उत्कृष्ट ब्याटिङमा भारत मजबुत

३ असोज, काठमाडौं । स्पिनर रविन्द्र जडेजा र रविचन्द्रन आश्विनको उत्कृष्ट ब्याटिङमा भारतले पहिलो टेस्ट खेलमा बंगलादेशविरुद्ध मजबुत ब्याटिङ गरेको छ।

चेन्नईमा टस हारेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिनको समाप्तिमा ८० ओभरमा ३३९-६ को अवस्थामा छ ।

आश्विन ११२ बलमा १० चौका र २ छक्कासहित १०२ रनमा अविजित छन् । जडेजा ११७ बलमा १० चौका र २ छक्कासहित ८६ रनमा नट आउट छन् ।

एक समय १४४-६ को कमजोर अवस्थामा पुगेको भारतलाई आश्विन र जडेजाले सातौं विकेटका लागि १९५ रनको अविजित साझेदारी गर्दै मजबुत ब्याटिङको आधार तय पारेका हुन् ।

ओपनर यशस्वी जैसवाल ५६, रोहित शर्मा ६, शुभमन गिल डक, लोकेश राहुल १६ र विराट कोहली ६ रनमा आउट भए । बंगलादेशका हसम महमुदले ४, नहिद राना र मेहेदी हसन मिराजले १-१ विकेट लिए ।

भारत र बंगलादेशीच दुई टेस्ट र तीन टी२० आई खेलको सिरिज हुनेछ ।

उत्कृष्ट ब्याटिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय