+

न्युजिल्यान्डको राम्रो ब्याटिङ सुरुवात

२०८१ असोज  ३ गते १८:५७ २०८१ असोज ३ गते १८:५७
न्युजिल्यान्डको राम्रो ब्याटिङ सुरुवात

३ असोज, काठमाडौं । न्युजिल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली श्रीलंकाविरुद्ध मजबुत सुरुवात गरेकोछ ।

दोस्रो दिनको समाप्तिमा न्युजिल्यान्ड पहिलो इनिङमा २५५-४ को बलियो अवस्थामाछ । पहिलो इनिङमा न्युजिल्यान्ड ५० रनले पछि छ ।

डर्याल मिचेल ६० बलमा ५ चौका र १ छक्कासहित ४१ तथा टम ब्लेन्डल १८ रनमा अविजित छन् । ओपनर डेभन कन्वेलाई १७ रनमा गुमाएपनि दोस्रो विकेटका लागि टम लाथम र केन विलियम्सनले ७३ रनको साझेदारी गरेका थिए ।

लाथम १११ बलमा ६ चौकासहित ७० रनमा आउट भए । विलियम्सन १०४ बलमा ४ चौका र १ छक्कासहित ५५ तथा रचिन रविन्द्र ३९ रनमा आउट भए । श्रीलंकाका धनन्जय डि सिल्भाले २ विकेट लिएका छन् ।

त्यसअघि गाले रंगशालामा टस जितेर ब्याटिङ रोजेको श्रीलंका पहिलो इनिङमा ३०५ रनमा अल आउट भयो ।

श्रीलंकाका कामिन्दु मेन्डिसले ११४, कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३० र एन्जिलो म्याथ्युज ३६ रन बनाए । न्युजिल्यान्डका विलियम ओरुकले ५, अजाज पटेल र ग्लेन फिलिप्सले २-२ विकेट लिए ।

न्युजिल्यान्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय