+
+

देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्छ : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १९:५१

३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारमा आत्मविश्वास नदेखिएको बताएका छन् । उनले दुई तिहाइ बहुमतको सरकार भनिए पनि प्रधानमन्त्री र मन्त्रीहरुको व्यवहार त्यस्तो नदेखिएको बताए ।

‘दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने हो । प्रधानमन्त्रीमा त्यो आत्मविश्वास आउनुपर्ने थियो । मन्त्रीहरुमा पनि त्यो खालको आत्मविश्वास हुनुपर्ने थियो। तर टिसर्ट लगाएको मान्छे समाएको छ । कराएको मान्छे समाएको छ’, उनले भने, ‘उपसभामुखलाई हटाउने लगायतका काम गर्नुहुँदैन, यो दुई तिहाईको सरकार त्यतातिर छ ।’

सरकार बलियो भने पनि यसको धरातल कमजोर रहेको भन्दै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने ठोकुवा गरे ।

‘संसदमा अहिले शेरबहादुर देउवा रिसाएको एक सेकेण्डपछि सरकार ढल्यो । अस्थिरता छ । अहिले दुई तिहाइको सरकार सबैभन्दा अस्थिर छ । एउटा पार्टीले अर्को दलको नेतासँग समन्वय नगरी सरकार चलाउन सम्भव छैन’, उनले भने ।

सभापति लामिछानेले सरकारले संविधान संशोधनलाई राजनीतिक सौदाबाजी बनाएको बताए । ‘संविधान संशोधन गर्छु भन्ने नाममा आफ्नो राजनीतिक इन्ट्रेस्टको सौदाबाजी गर्न पाइँदैन । संविधानलाई सौदाबाजी गर्नु राम्रो भएन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?