+
+

बागमती सरकारले पलेशालाई दियो १० लाख, एरिकालाई ५ लाख

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १९:५२

३ असोज, हेटौंडा । पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य बिजेता पलेशा गोवर्द्धन र एशियाली खेलकुदमा रजत बिजेता एरिका गुरूङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।

बागमती सरकारले संविधान दिवसको अवसरमा गरेको कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो पदक विजेता पलेशालाई नगद १० लाख प्रदान गरी सम्मान गरिएको हो । प्रशिक्षक कविराज नेगी लामालाई २ लाख प्रदान गरिएको छ । यसैगरी एशियाली खेलकुदमा नेपाललाई रजत दिलाएकी एरिकाई ५ लाखसहित सम्मान गरिएको छ ।

एरिका एसियन च्याम्पियनसिपमा भाग लिन चीनमा रहेको कारण उनकी आमा रत्ना गुरुङले सम्मान ग्रहण गरिन् । एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई एक लाखसहित सम्मान गरिएको छ ।

यसैगरी तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो । कार्यक्रम अघि पलेशा र उनका प्रशिक्षक लामालाई नगर परिक्रमा गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?