+
+

धपक्क बलेको धरहरा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते २०:३२

३ असोज, काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुनर्निर्माण भएपछि बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

अर्को व्यवस्था नभएसम्म निःशुल्क प्रवेश दिइएको छ । सहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन ५०० जनालाई धरहरामा निःशुल्क चढ्न दिइने छ ।

विनाशकारी भूकम्पपछि ढलेको धरहरासँगै उस्तै नयाँ धरहरा निर्माण गरिएको हो । ढलेको पुरानो धरहराको भग्नावशेष भने सुरक्षित राखेर अवलोकन गर्न मिल्ने बनाइएको छ । धरहरा चढ्न परिचय खुल्ने नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमतिपत्र वा राहदानीको छायाप्रति भए पुग्छ ।

सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रूपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

default

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?