+
+

त्रियुगा नगर अस्पताल सञ्चालन

रासस रासस
२०८१ असोज ४ गते ८:३६

४ असोज, उदयपुर । त्रियुगा नगर अस्पतालले सेवा सञ्चालन गरेको छ । त्रियुगा नगरपालिका– ५ देउरीमा नगरपालिकाले अस्पताल सञ्चालन गरेको हो ।

त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बिहीबार आयोजित एक कार्यक्रममा अस्पतालको उद्घाटन गर्दै नगर क्षेत्रका बिरामीलाई जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता अन्त्य भएको बताए । त्रियुगा नगरपालिकाले नगर अस्पताल सञ्चालन गरेपछि जिल्ला अस्पतालमा बिरामीको चाप घट्ने र सेवा सहज बन्ने विश्वास व्यक्त गरे ।

अस्पतालमा तीन जना डाक्टर, तीन जना सहयोगी ,तीन वरिष्ठ स्वास्थ्य सहायक, दुई स्टाफनर्ससहित १६ जनाले सेवा प्रवाह गरेका छन् । हाललाई आकष्मिक, प्रसूति, परिवारनियोजन, प्रयोगशाला सेवा उपलब्ध रहेको अस्पतालका प्रशासन अधिकृत उपेन्द्र कार्कीले बताए ।

एक लाख ७५ हजार जनसङ्ख्या रहेको त्रियुगा नगरपालिका क्षेत्रमा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य समस्या घट्ने अपेक्षा गरिएको उनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?