+
+

मृत्युदण्डअघि भोजनका लागि जैतुनको फल मागेपछि…

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १०:१५

काठमाडौं । विश्वमा मृत्युदण्ड दिने कानून भएका देशहरुमा कुनै पनि अभियुक्तलाई मृत्युदण्ड दिनुअघि उसको अन्तिम इच्छा सोध्ने चलन छ । त्यो क्षणमा कोही आफ्ना परिवारजन तथा आफन्तसँग भेट्न चाहन्छन् भने कतिपयले निकै अनौठा खालका इच्छा जाहेर गर्दछन् । त्यसबेला उनीहरुले राखेका हरेक इच्छा पूरा गर्न त सम्भव हुँदैन तर उसले चाहेको अन्तिम भोजन भने जुटाइदिने नै गरिन्छ ।

कसैले आफ्नो घरको खाना माग्छन् त कतिले आफ्नो मौलिक परिकार चाख्न चाहन्छन् । तर सन् १९६८ मा २८ वर्षको उमेरमा मृत्युदण्डको सजायँ दिइएका अमेरिकी नागरिक भिक्टर ह्यारी फेगुएरले मृत्युदण्ड पाउनुअघि मागेको अन्तिम भोजन चाहिँ निकै चर्चित बन्यो ।

फेगुएरलाई एकजना डाक्टरको हत्याको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजायँ भएको थियो । उनलाई पनि दण्ड दिनुअघि अन्तिम इन्छा सोधियो । त्यसक्रममा उनले आफ्नो अन्तिम भोजनका लागि ओलिभ अर्थात् जैतुनको फल मागे ।

कैदीको तस्वीर खिच्ने हेनी हरग्रिभ्स भन्छन्– यो निकै भिन्न तस्वीर थियो । हामीले अन्तिम भोजन भन्ने बित्तिकै मनपर्ने खानेकुरा पेटभर खाइन्छ होला भन्ने सोँच्छौँ । तर उसले त केवल एउटा ओलिभ माग्यो ।

फेगुएरले अन्तिम अवस्थामा जैतुनको फल खानका लागि माग्नुको खास कारण थियो । ऊ चाहन्थ्यो कि मृत्युपछि उसको शव जुन ठाउँमा गाडिनेछ त्यहाँ उसको पेटमा रहेको जैतुनको फलभित्रको बिउबाट जैतुनको बिरुमा उम्रिनेछ । जैतुनलाई शान्तिको प्रतीक पनि मानिन्छ ।

आफ्नो मृत्युअघि फेगुएरले बोलेको अन्तिम वाक्य थियो– मलाई पूर्णरुपमा विश्वास छ कि म मर्ने अन्तिम व्यक्ति हुँ ।

समाचार अनुसार अमेरिकी नागरिक फेगुएर कुनै औषधिको खोजीमा थिए । त्यसका लागि उनले डाक्टर एडबर्ड बार्टेल्सको सम्पर्क नम्बर फेला पारी उनलाई एउटा बिरामीको रुपमा फोन गरे । साथै आफू बिरामी भएको झुटो विवरण सहित डाक्टरलाई आफ्नो ठेगाना बताए ।

ती डाक्टर बार्टेल्स तुरुन्तै उपचारका लागि घटनास्थल पुगे । त्यसपछि फेगुएरले उनलाई गुमराहमा पार्दै नयाँ ठाउँमा लगे र त्यहाँबाट डाक्टरको अपहरण गरे । त्यहाँ डाक्टरले औषधी दिन अस्वीकार गरेपछि उनको हत्या गरिदिए ।

उक्त अपराधको केही दिनपछि फेगुएरले डाक्टरको कार समेत बेचिदिने कोसिस गरेपछि एफबिआईले उनलाई पक्राउ गर्यो । उनी विरुद्ध हत्याका यथेष्ट प्रमाण हुँदाहुँदै पनि उनले पुलिस र अदालत समक्ष आफू निर्दोष रहेको जिकिर गरिरहे । तर अदालतले उनलाई डाक्टर हत्यामा दोषी ठहर गर्दै मृत्युदण्डको सजायँ सुनाएको थियो ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?