+
+

जागिर छाडेका कार्यालय सहयोगी सई बनेर ठगी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १२:३६

४ असोज, काठमाडौं। एक वर्षअघि नै प्रहरीको कार्यालय सहयोगीबाट जागिर छाडेका एक व्यक्तिले आफू प्रहरीको सई भन्दै ठगी गरेको खुलेको छ ।

उनले सई बताउँदै मान्छे पक्राउ गरिदिने भनेर ठगी गरेको खुलेको छ ।

ठगी आरोपमा पूर्वकार्यालय सहयोगी तथा नक्कली सई खोटाङको जन्तेढुंगा गाउँपालिका–३ घर भइ काठमाडौं बस्दै आएका २९ वर्षीय गोविन्द श्रेष्ठ पक्राउ परेका छन् ।

उनले चेक बाउन्स मुद्दाका फरार प्रतिवादी सरिता तामाङलाई पक्राउ गरिदिने भन्दै १५ हजार रुपैयाँ लिएर ठगी गरेको खुलेको छ ।

श्रेष्ठले आफू नेपाल प्रहरीको सई भएको बताउँदै तामाङलाई पक्राउ गरिदिने र त्यसका लागि १५ हजार चाहिने भन्दै ठगी गरेको आरोप छ ।

तामाङले आशिका वाईवा नाम गरेकी महिलालाई ४ लाख रुपैयाँ दिनुपर्नेमा ४ लाखको चेक दिएका थिए । तर उक्त चेक बाउन्स भएपछि वाइवा जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् । त्यही बेला श्रेष्ठले आफू सई भएको बताउँदै ठगी गरेको खुलेको हो ।

पक्राउ परेका श्रेष्ठ २०७३ देखि २०८० सालम्म प्रहरी कार्यालय सहयोगीमा जागिर खाएका थिए । काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा रहेका बेला उनले जागिर छाडेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?