+
+

लागु औषध लिन ट्याक्सी लिएर नागढुंगा पुगेका युवा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १२:२०

४ असोज, काठमाडौं। अवैध लागु औषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लागु औषध ल्याउनेदेखि रिसिभ (लिन) ट्याक्सी लिएर पुग्ने समेत छन् ।

प्रहरी वृत्त थानकोटको टोलीले सिरहाको लहान नगरपालिका–१७ का २२ वर्षीय शिव शंकर ठाकुर, सोही ठाउँका २४ वर्षीय अर्जुन कुमार यादव र लहान–४ का २८ वर्षीय संजिवकुमार यादव छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार शिव र अर्जुन सिरहाबाट लागु औषध खैरो हेराइन ल्याउने व्यक्ति हुन् भने संजिव उक्त खैरो हेरोइन लिन ट्याक्सी लिएर नागढुंगा पुग्ने व्यक्ति हुन् ।

उनीहरुले ल्याएको लागु औषध रिसिभ गर्न संजिव बा २ ज ७१६५ नम्बरको भाडाको ट्याक्सी लिएर नागढुंगा पुगेका थिए । उनीहरुलाई बिहीबार ६ बजेतिर प्रहरीले पक्राउ परेको हो ।

सिरहाबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७२८ नम्बरको यात्रुबहाक बसबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुबाट ३७ ग्राम खैरो हेराइन बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?