+
+

फिल्म ‘बलिदान’सहित १२ कलाकारलाई सांस्कृतिक रुपान्तरण पुरस्कार प्रदान (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १२:४२

काठमाडौं । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा चलचित्र विकास बोर्डले शुक्रबार ‘सांस्कृतिक रुपान्तरण पुरस्कार-२०८१’ प्रदान गरेको छ । मुलुकको सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएबापत फिल्म ‘बलिदान’का ५ जना सर्जक, ७ जना अन्य फिल्मकर्मीसहित १२ जनालाई पुरस्कार प्रदान गरिएको छ ।

बोर्डको प्रेक्षालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्ड अध्यक्ष दिनेश डिसीले पुरस्कार वितरण गरे ।

पुरस्कृत हुने फिल्म ‘बलिदान’का स्रष्टाहरुमा निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, अभिनेता हरिवंश आचार्य, संगीतकार श्याम तमोट र गायिका लोचन भट्टराई छन् ।

पुरस्कृत हुने अन्य फिल्मकर्मीमा अभिनेता रमेशरञ्जन झा, अभिनेत्री कविता आले, अभिनेता देशभक्त खनाल, अभिनेता ऋद्धिचरण श्रेष्ठ, अभिनेता माओत्से गुरुङ, संगीतकार विकास चौधरी र अभिनेत्री प्रेमा अधिकारी गैरे छन् ।

जनही २५ हजार नगद र ताम्रपत्रसहित सम्मान प्रदान गरियो । वर्षेनी सांस्कृतिक रुपान्तरणमा योगदान पुर्‍याउने कुनै एक फिल्म र फिल्मकर्मीलाई पुरस्कृत गरिने जनाइएको छ ।

पुरस्कार प्रदान गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले चलचित्र राजनीतिक रुपान्तरणको माध्यम मात्र नभएर आर्थिक रुपान्तरणको क्षेत्र पनि बन्नुपर्ने बताए । अन्य देशका फिल्म उद्योगलाई नेपाली फिल्मले उछिन्नुपर्ने उनको सुझाव छ ।

चलचित्र विकास ऐन बनाउने कार्यमा मन्त्रालय लागिरहेको भन्दै मन्त्री गुरुङले सरोकारवालासँग छलफल गरेर अघि बढ्ने बताए । उक्त अवसरमा ‘बलिदान’ अभिनेता हरिवंश आचार्यले आफूहरु मात्र नभएर देश र संविधानले पनि सम्मान पाउनुपर्ने बताए ।

तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?