+
+

‘रोड टु ल्हासा’ पर्यटन अभियान टोली काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १४:३२

४ असोज, काठमाडौं । साहसिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले भारतीय कम्पनी एडभेन्चर ओभरल्यान्डले आयोजना गरेको ‘रोड टु ल्हासा’ को टोली काठमाडौं आइपुगेको छ ।

१० वटा गाडीमा चार महिलासहित २० जनाको यो समूहले भारत, नेपाल र चीन गरी तीन देशको यात्रा तय गर्ने योजना छ ।

सड्कमार्गबाट विश्वका विभिन्न देशको साहसिक यात्रा गराउने कम्पनी एडभेन्चर ओभरल्यान्डको २० जनाको टोली भारतको गोरखपुर हुँदै लुम्बिनी र लुम्बिनीबाट काठमाडौं आएको हो ।

काठमाडौंबाट सो टोलीलाई शुक्रबार नेपाली राष्ट्रिय झन्डा फहराएर बिदाई गरिएको छ ।

सो अवसरमा पर्यटकहरूलाई शुभकामना दिँदै नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले साहसिक पर्यटन प्रवर्द्धनका लागि रोड टु ल्हासा यात्रा सहयोगी हुने बताए ।

आयोजक कम्पनी एडभेन्चर ओभरल्यान्डका सञ्चालक तथा निर्देशक सञ्जय मदानले नेपाललाई समेटेर यो साहसिक यात्रा तय गर्न पाउँदा खुशी लागेको बताए ।

उनले नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै आफ्नो टोलीले गौतमबुद्ध जन्मस्थल लुम्बिनी हुँदै काठमाडौं आइपुग्दा छुट्टै आनन्द महसुस गरेको प्रतिक्रिया दिए ।

काठमाडौबाट रसुवा हँदै यो टोलीले तिब्बत र चीनका विभिन्न स्थान हुँदै ल्हासा पुग्ने र त्यहाँबाट फरक रुट न हँदै पुनः नेपाल फर्किने छ ।

यो यात्रा तय गर्न २२ दिन लाग्ने ओभरल्याण्डका सञ्चालक तथा निर्देशक मदानले जानकारी दिए ।

२२ दिनको यस यात्रामा टोलीले ३ हजार ५ सय किलोमिटर यात्रा गर्ने यात्रामा सहभागी आदित्य बोथराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?