+
+

विश्व पर्यटन दिवसमा ठमेलमा महोत्सव हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १४:३९
फाइल तस्वीर

४ असोज, काठमाडौं । विश्व पर्यटन दिवसको अवसर पारी ठमेलमा महोत्सव आयोजना हुने भएको छ ।

ठमेल नखः नाममा महोत्सव आयोजना गर्न लागिएको ठमेल पर्यटन विकास परिषद्ले जानकारी दिएको छ ।

असोज ११ गते (सेप्टेम्बर २७) का हुने महोत्सवमा संस्कृति, संगीत, कला र खानाको संयोजन रहने परिषद्को भनाइ छ ।

ठमेलको भावना र पर्यटनका लागि गतिशील हबका रूपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको ठमेल नखः ले नेपालको सांस्कृतिक सम्पदाहरूका विविध अनुभव प्रदान गर्ने समेत परिषद्को भनाइ छ ।

महोत्सवमा नेपालको समृद्ध सांस्कृतिक सम्पदा झल्काउने परम्परागत र समसामयिक नृत्य, संगीत र नाटक उत्सव कार्यक्रम राखिएको छ ।

ठमेल र काठमाडौंको कलात्मक स्वभाव झल्कने गरी स्थानीय कलाकारले कला प्रदर्शनी र प्रत्यक्ष कला स्थापना गर्ने भएका छन् ।

ठमेलको आकाशमा चङ्‍गाहरू प्रदर्शन गरिने भएको छ । स्थानीय र अन्तर्राष्ट्रिय परिकार सहितको ठमेलको उत्कृष्ट स्वादहरू पस्किने तयारी छ । ठमेलको मुटुमा थाई खेलाडीहरूले आफ्नो सिप प्रदर्शन गर्दै मार्शल आर्ट प्रदर्शन गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?