+
+

संसदीय छानबिन विशेष समितिमा के बयान दिएका थिए रवि लामिछानेले ?

‘नक्कली खाता खोलेर कारोबार भएको देखिएको छ, संलग्न नभएको विषयमा मैले जिम्मेवारी कसरी लिने ?’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १५:१४

४ असोज, काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिएको थियो । समितिमा लामिछानेले आफू संलग्न नभएको कारोबार तथा विषयको जिम्मेवारी कसरी लिने भन्दै बयान दिएका छन् ।

‘सहकारी संस्थामा भएका कुनै पनि आर्थिक क्रियाकलापमा मेरो कुनै संलग्नता छैन र मेरो जानकारी पनि छैन । म लगायत धेरै व्यक्तिहरूको नाममा नक्कली खाता बनाइ कारोबार गरेको अनुसन्धानले नै प्रमाणित गरेको देखिएको हुँदा उक्त कार्य गर्ने व्यक्ति नै जिम्मेवार हुनुपर्छ । मेरो संलग्नता नभएको विषयमा मैले जिम्मेवारी कसरी लिने ?,’ रविले बयान दिएका छन् ।

रविले संसदीय छानबिन विशेष समितिमा दिएको बयानको पूर्णअंश यस्तो छ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?