+
+

सरकारी संयन्त्रले नै राहदानी फुकुवा गरेर भगाएको थियो जीबी राई

हाम्रो नयाँ कृषि सहकारीको बचत रकम अपचलनमा संलग्न भएको उजुरीका आधारमा राहदानी रोक्का राख्न पत्राचार गरेको आठ दिनमै सहकारी विभागले जीबी राईको मात्रै राहदानी फुकुवा गर्न अध्यागमन विभागलाई पत्राचार गरेको खुलेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १५:२७

४ असोज, काठमाडौं । सहकारी ठगीमा फरार प्रतिवादी गितेन्द्रबाबु (जीबी) राईलाई सरकारी संयन्त्रकै सहयोगमा फरार गराइएको पाइएको छ ।

हाम्रो नयाँ कृषि सहकारीको बचत रकम अपचलनमा संलग्न भएको उजुरीका आधारमा सहकारी विभागले सहकारी अध्यक्ष राईसहित सञ्चालक समितिको राहदानी रोक्का राख्न पत्राचार गरेको थियो ।

त्यसको आठ दिनमै राहदानी फुकुवाका लागि सहकारी विभागले जीबी राईका मात्रै राहदानी फुकुवा गर्न अध्यागमन विभागलाई पत्राचार गरेको खुलेको छ ।

सञ्चालक समितिका सात जनाको राहदानी रोक्का राख्न २० असार २०८० मा अध्यागमन विभागमा पत्राचार गरेको थियो । तर, २८ असार २०८० मा जीबी राईको मात्रै राहदानी फुकुवा गर्न सहकारी विभागले अध्यागमन विभागलाई पत्रचार गरेको हो ।

उक्त समयमा सहकारी विभागका रजिस्ट्रार नवराज घिमिरे थिए । त्यो समय गृहमन्त्रीमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अध्यागमन विभागका प्रमुख झलकराम अधिकारी थिए । अधिकारीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको प्रमुख स्वकीय सचिव रहेकी छोरी गंगा दाहालसँग निकट सम्बन्ध बनाएका थिए ।

शक्तिकेन्द्रसँगकै निकटताका आधारमा अधिकारीले ३३ किलो सुन ओसारपसार तथा विभिन्न विवादास्पद प्रकरणहरुमा उन्मुक्ति समेत पाइरहेका थिए । सुनकाण्डमा उनी र चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङबीचको अडियोसमेत बाहिरिएको थियो ।

तर दाहाल परिवारसँगको निकटताका आधारमा अधिकारीले सफाइ लिएका थिए । सहकारी प्रतिवेदन पढ्दा अधिकारीलाई प्रयोग गर्दै उच्च तहले नी जीबी राई भगाएको आधार मिल्छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उक्त तथ्य उल्लेख भएको देखिएको हो । सहकारी विभागले राईको राहदानी रोक्का राख्न अध्यागमन विभागमा सिफारिस गरेको चार दिनपछि राई वीरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको बचत फिर्ता गर्न महानगर पुगेर लिखित प्रतिबद्धता नै जनाएका थिए ।

२४ असारमा महानगरले सहकारी सञ्चालक समितिलाई छलफलमा बोलाएकोमा बचत फिर्ता गर्ने भन्दै राईले हस्ताक्षर नै गरेका थिए ।

यसरी सहकारी बचत रकम अपचलनमा संलग्न भएको भन्दै प्रहरीमा जाहेरी पर्न सुरु भएको थियो ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?