+
+

ओशोमार्गी एलिना चौहान !

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १६:२५

काठमाडौं । विवाहपछि श्रीमानसँगै अस्ट्रेलिया लागेकी गायिका एलिना चौहान यतिबेला नेपालमा छिन् । तीज मनाउन आएकी उनी दशैंपछि अस्ट्रेलिया फर्किने बुझिएको छ ।

यतिबेला काठमाडौंमा उनी गीत रेकर्डिङमा व्यस्त छिन् । रेकर्डिङ बाहेक उनको व्यस्तता पारिवारिक कामकाजमा पनि छ । सांगीतिक क्षेत्रका साथीहरुसँग रमाइलो गरेको टिकटक भिडियो पनि देख्न सकिन्छ ।

यसबाहेक एलिनाका फ्यानलाई नयाँ अपडेट छ । उनी ओशोमार्गी बनेकी छन् । यो खबर उनले टिकटकबाट दिएकी हुन् । अमेरिकी गायिका सेलिन डियोनको बहुचर्चित गीत ‘आई एम अलाइभ’ अर्थात् ‘म जिउँदै छु’ गीत राखेर उनले ओशो तपोवनमा खिचिएको भिडियो पोस्ट गरेकी छन् ।

उनले जुन गीत छानेर टिकटक भिडियो बनाएकी छन्, यो अर्थपूर्ण महसुस हुन्छ । ओशो तपोवनमा उनले बनाएको टिकटक भिडियोमा अर्की गायिका बेनिशा पौडेल पनि सँगै देखिएकी छन् ।

नेपालमा सांगीतिक करिअरको उचाइमा पुगेको बेला विवाह गरेर अस्ट्रेलिया जाने निर्णय उनले लिएकी थिइन् । यसपटक दशैंपछि उनी फर्किने बुझिएको छ । पछिल्लो समय धेरै कलाकारको अभिरुचि अध्यात्मतिर देखिन्छ । अभिनेत्री शोभिता सिम्खडा, नम्रता सापकोटा, केकी अधिकारी, बेनिशा हमालले पनि तपोवनमा पुगेर ओशोप्रति झुकाव दर्शाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?