
काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) का निर्देशक महेन्द्रराज कँडेल ग्लोबल एजुकेसन लिडरसिप अवार्डबाट सम्मानित भएका छन् ।
निर्देशक कँडेललाई बुधबार होटल हिमालयमा सम्पन्न ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवाड्र्स २०२४’ अन्तर्गत ‘ग्लोबल एजुकेसन लिडरसिप अवार्ड’ प्रदान गरिएको कलेजले जनाएको छ ।
शिक्षा र उद्यमशीलताको क्षेत्रमा नेपालमा मात्रै नभई विदेशमा समेत योगदान पुर्याउँदै आएका निर्देशक कँडेलले विद्यार्थीलाई विश्वव्यापी अवसरहरू प्रदान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
‘यस अवार्डबाट सम्मानित हुन पाउनु गौरवको विषय हो । यसलाई ब्रिटिस कलेजमा हामीले गरिरहेको उत्कृष्ट कामको प्रतिबिम्बको रूपमा लिएको छु,’ कँडेलले भने, ‘यो मेरो मात्र एकल उपलब्धि नभई हाम्रो टिमले नेपालको शैक्षिक योगदानको लागि गरेको गरेको मेहनतको नतिजा हो ।’
एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड सामाजिक र व्यावसायिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका व्यक्ति तथा संस्थाहरुलाई २०१९ देखि अवार्ड प्रदान गर्ने संस्था हो ।
प्रतिक्रिया 4