+

न्युजिल्यान्डविरुद्ध श्रीलंकाको अग्रता

२०८१ असोज  ४ गते १८:४१ २०८१ असोज ४ गते १८:४१
न्युजिल्यान्डविरुद्ध श्रीलंकाको अग्रता

४ असोज, काठमाडौं । घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध अग्रता लिएकोछ । तेस्रो दिनको खेल सकिदा श्रीलंका दोस्रो इनिङमा २३७–४ को अवस्थामाछ ।

पहिलो इनिङमा ३५ रनले पछि परेको श्रीलंकाले दोस्रो इनिङमा राम्रो ब्याटिङ गरेपछि समग्र खेलमा २०२ रनको अग्रता लिएको हो । श्रीलंकाका दिमुथ करुणारत्नेले १२७ बलमा ६ चौकासहित ८३ तथा दिनेश चान्डिमलले १५० बलमा ६ चौकासहित ६१ रन जोडे ।

ओपनर पाथुम निसांकालाई २ रनमा गुमाएपनि दोस्रो विकेटलाई चान्डिमल र करुणारत्नेले १४७ रनको साझेदारी गरेका थिए । श्रीलंकाका एन्जिलो म्याथ्युज र धनन्जय डि सिल्भा ३४–३४ रनमा नट आउट छन् । न्युजिल्यान्डका विलियम ओरुकले तीन विकेट लिए ।

त्यसअघि न्युजिल्यान्ड पहिलो इनिङमा ३४० रनमा अल आउट भयो । तेस्रो दिन २५५–४ को मजबुत अवस्थाबाट सुरु गरेपनि न्युजिल्यान्डले राम्रो प्रदर्शन गर्न सकेन ।

न्युजिल्यान्डका टम लाथमले ७०, केन विलियम्सनले ५५, डर्याल मिचेल ५७, रचिन रविन्द्र ३९ र ग्लेन फिलिप्सले ४९ रन बनाए । श्रीलंकाका स्पिनर प्रभाथ जयसूर्याले ४, रमेश मेन्डिसले ३ र धनन्जय डि सिल्भाले २ विकेट लिए ।

गाले रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो इनिङमा ३०५ रनमा अल आउट भएको थियो । श्रीलंका कामिन्दु मेन्डिसले सर्वाधिक ११४ रन बनाएका थिए । न्युजिल्यान्डका विलियम ओरुकले ५ विकेट लिए ।

न्युजिल्यान्ड पहिलो टेस्ट खेल श्रीलंका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय