+

नामिबियामाथि युएईको कीर्तिमानी जित

२०८१ असोज  ४ गते २१:२१ २०८१ असोज ४ गते २१:२१
नामिबियामाथि युएईको कीर्तिमानी जित

४ असोज, काठमाडौं – युएईले आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली नामिबियामाथि एक विकेटको कीर्तिमानी जित हात पारेको छ । आफ्नोे ओडीआई इतिहासकै सर्वाधिक ठूलो लक्ष्य पूरा गर्दै युएईले लिग-२ मा पहिलो जित निकालेको हो ।

३१४ रनको विशाल लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । युएईको ओडीआईमा यसअघि उच्च लक्ष्य पूरा २०२२ मा ओमानविरुद्ध ३०८ रन थियो ।

युएईका विष्णु सुकुरमानले ९० बलमा ८ चौका र ५ छक्कासहित ९७ रनको इनिङ खेले । बासिल हामिदले ४७ बलमा ६ चौका र ४ छक्कासहित ७१ रनको योगदान दिए । एक समय ११४-५ को अवस्थामा पुगेको युएईलाई विष्णु र बासिलले छैटौं विकेटका लागि १५५ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए ।

अली नासिर २१ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा नट आउट रहे । मोहम्मद वासिम १९, एलिशान शराफु र अर्यांश शर्माले ३०-३० रन बनाए । नामिबियाका जेन निकोल लोफ्टीले ४, टांगेनी लुंगामेनी र बेर्नार्ड स्कोल्ट्जले २-२ विकेट लिए ।

त्यसअघि विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले ५० ओभरमा सबै विकेट गुमाएर ३१३ रन बनाएको थियो । नामिबियाका ओपनर माइकल भान लिंगेनले ८५ बलमा ९ चौका र ४ छक्कासहित १०७ रनको शतकीय इनिङ खेले पनि जित निकाल्न पर्याप्त रहेन ।

जेपी कोट्जीले ५३ बलमा ६ चौका र ४ छक्कासहित ६४ रन बनाए । ओपनर कोट्जी र लिंगेनले १५.५ ओभरमा १४२ रनको आक्रामक साझेदारी गर्दै एक समय विशाल योगफलको आधार तय पारेका थिए । तर मोहम्मद जवादुल्लाहले कोट्जीलाई बोल्ड आउट गरेपछि उक्त रनको गति बढाउन सकेन । जेन निकोल लोफ्टीले ६३ बलमा २ चौका र ३ छक्कासहित ५४ रन बनाए ।

युएईका अली नासिरले ३, मोहम्मद जवादुल्लाह, जुनैद सिद्दिक, बासिल हामिद, विष्णु सुकुरमान र राहुल भाटियाले १-१ विकेट लिए । युएई ५ खेलमा २ अंकका साथ पुछारमा छ । नामिबिया १० खेलमा ४ मा जितका साथ पाँचौं स्थानमाछ । नेपाल ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमाछ ।

आईसीसी विश्वकप लिग २ नामिबिया युएई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय