+

गुरबाजको शतक र राशिदको ५ विकेटमा अफगानिस्तानलाई ऐतिहासिक सिरिज

२०८१ असोज  ५ गते ८:०० २०८१ असोज ५ गते ८:००
गुरबाजको शतक र राशिदको ५ विकेटमा अफगानिस्तानलाई ऐतिहासिक सिरिज

५ असोज, काठमाडौं – ओपनर रहमानउल्लाह गुरबाजको शतक र स्पिनर राशिद खानको ५ विकेटमा अफगानिस्तानले दोस्रो ओडीआई खेलमा दक्षिण अफ्रिकालाई १७७ रनको फराकिलो अन्तरले हराउँदै ऐतिहासिक सिरिज उपाधि जितेकोछ ।

तीन खेलको सिरिजमा एक खेल अगावै अफगानिस्तानले सिरिज जितेको हो । अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध पहिलो पटक सिरिज जित्न सफल भएकोछ ।

३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४.२ ओभरमा १३४ रनमा अल आउट भयो । एक समय दक्षिण अफ्रिका १३.५ ओभरमा ७३-० को अवस्थामा थियो । टेम्बा बभुमा ४७ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा आउट भएपछि लगातार विकेट गुमाएको थियो ।

अर्का ओपनर टोनी डि जोर्जीले ३१, रिजा हेन्डिक्सले १७ र एडेन माक्ररमले २१ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अफगानिस्तानका राशिद खानले ९ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ५ तथा नङ्गेलिया खरोटले ४ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ५० ओभरमा ४ विकेट गुमाउँदै ३११ रन बनाएको थियो ।

गुरबाजले ११० बलमा १० चौका र ३ छक्कासहित १०५ रनको शतकीय इनिङ खेले । आजमतुल्लाह ओमरजाले ५० बलमा ५ चौका र ६ छक्कासहित ८६ रनमा अविजित रहे । रहमात शाहले ५०, रिआज हसनले २९ र मोहम्मद नाबीले १३ रन बनाए ।

दक्षिण अफ्रिकाका लुंगी एनगिडी, नान्द्रे बर्गर, पिटर र एडेन माक्ररमले १-१ विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका ६ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

 

दोस्रो ओडीआई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय