+
+

रास्वपाका उपाध्यक्ष वाग्लेसहित १४ नेता आज चीन जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ५ गते १७:५०

५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको टोली १० दिने भ्रमणका लागि चीनतर्फ जाँदैछ ।

पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले नेतृत्वमा १४ सदस्यीय टोली शनिबार राति चीनतर्फ जाने कार्यबाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए ।

उनका अनुसार टोलीमा सांसद शिशिर खनाल, पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी, सांसदहरु मनिष झा, असिम साह, शिव नेपाली, डा. तोसिमा कार्की, गणेश पराजुली, केन्द्रीय सदस्यहरु बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु राजा श्रेष्ठ रहेका छन् ।

उनीहरुले चीनमा सांस्कृतिक अध्ययन, सिचुवान विश्वविद्यालयको भ्रमण, इनोभेसन सेन्टरहरुको अवलोकन गर्ने कार्यक्रम रहेको कार्यबाहेक प्रवक्ता कार्कीले बताए । उनीहरु १४ असोजमा फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?