+
+

काठमाडौं आइपुगे साउथ स्टार प्रकाश राज, आइतबारदेखि ‘ज्याक’को छायांकन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ५ गते १७:५३

काठमाडौं । साउथ इण्डियन फिल्म ‘ज्याक’ छायांकनका लागि चर्चित भारतीय अभिनेता प्रकाश राज शनिबार काठमाडौं आइपुगेका छन् ।

भिस्तारा एयरलाइन्सको विमानबाट उनी दिल्ली हुँदै अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।

५ दिनदेखि यो तेलुगु फिल्मको सुटिङ काठमाडौं उपत्यकाको विभिन्न स्थानमा भैरहेको छ । प्रकाशराजले आइतबारदेखि छायांकन ज्वाइन गर्नेछन् । १० दिनसम्म प्रकाशले नेपालमा फिल्म सुटिङ गर्नेछन् ।

यो फिल्मका लागि १५ जनाभन्दा बढी कलाकार अहिले नेपालमा छन् । केही नेपाली कलाकारले पनि यसमा अभिनय गरिरहेका छन् । छायांकनमा नेपाली प्राविधिकहरुको संलग्नता छ ।

यो फिल्मको नेपाल व्यवस्थापन सुरज आचार्य, अरुण रेग्मी र सुुरेश अधिकारीको कम्पनी थ्री ह्विलर्सले हेरिरहेको छ । फिल्मको निर्माण व्यवस्थापक चलचित्र प्राविधिक संघका अध्यक्ष रहेका पुष्कर लामा (प्रेम भोम्जन) र मनोज जोशी हुन् ।

हस्पिटालिटीको व्यवस्थापन माउण्टेन बौद्ध होलिडेजका प्रकाश सापकोटाले हेरेका छन् । आगामी २० दिनसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा फिल्मको छायांकन हुने लामाले जानकारी दिए ।

नेपालअघि यो फिल्मको सुटिङ भारतको हैदराबादमा गरिएको थियो ।

बोमारिल्लु भास्करले निर्देशन गरिरहेको यो फिल्मको शीर्ष भूमिकामा सिद्यु जोन्नालगडा छन् । तेलुगु फिल्म ‘टिल्लु स्क्वायर’बाट उनी चर्चामा छन् । वैष्णवी चैतन्य अभिनेत्रीको रुपमा छिन् । वेंकटेश्वर सिने चित्रले फिल्म निर्माण गरिरहेको छ । फिल्मको ८० प्रतिशत छायांकन पुरा भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?