+

साफ यू-१७ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

२०८१ असोज  ५ गते १८:२६ २०८१ असोज ५ गते १८:२६
साफ यू-१७ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

५ असोज, काठमाडौं । भुटानमा जारी साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमै पाकिस्तानसँग पराजित भएको छ ।

समूह बी अन्तर्गत चाङल्मिथाङ स्टेडियममा शनिबार भएको खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो ।

पाकिस्तानका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुहम्मद तल्हाले ८१औं मिनेटमा निर्णायक गोल गरे । मुहम्मद तल्हा अब्दुल घानीको स्थानमा ७० औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

नेपालले अब आफ्नो दोस्रो खेलमा सोमबार श्रीलंका र बुधबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल फुटबल साफ यु-१७ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय